मूल नियमावलीको नियम ५५ को सट्टा
देहायको नियम ५५ राखिएको छ ः–
“५५. दरभाउपत्रद्वारा खरीद वा अन्य कार्य गराउने ः (१) नियम ५२ को उपनियम (१) को खण्ड (ग) बमोजिम दरभाउपत्रद्वारा मालसामान खरीद गर्दा वा अन्य कार्य गराउ“दा मूल्य अभिबृद्धि कर र आयकर दर्ता प्रमाणपत्र प्राप्त फर्म वा कम्पनीहरूमध्ये उपलब्ध भएसम्म घटीमा तीनवटा फर्म वा कम्पनीबाट लिखित रूपमा दरभाउपत्र माग गरी प्राप्त भएका दरभाउपत्रहरू मध्ये सबभन्दा कम
मूल्य भएका दरभाउपत्रवालास“ग त्यस्तो मालसामान खरीद गर्नु वा त्यस्तो दरभाउपत्रवालाबाट त्यस्तो कार्य गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरभाउपत्रद्वारा मालसामान खरीद गर्दा वा अन्य कार्य गराउ“दा सातदेखि पन्ध्र दिनको म्याद दिई नियम ५९ को
उपनियम (५) मा उल्लिखित कार्यालयहरूमा सूचना टा“स गरी आवश्यकता अनुसार त्यस्तो सूचना राष्ट्रिय वा स्थानीय स्तरको पत्रपत्रिकामा प्रकाशित गर्नुपर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले (दुर्गम घोषित गरेको जिल्लामा मूल्य अभिबृद्धि कर, आयकर दर्ता
प्रमाणपत्र लिएका फर्म वा विक्रेता नभएमा सो जिल्लाको लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट मूलय अभिबृद्धि कर, आयकर दर्ता प्रमाणपत्र लिए नलिएको विवरण प्राप्त गरी देहाय बमोजिमको समितिले तयार गरेको जिल्लामा उपलब्ध बिक्रेताको सूचीमा सूचीकृत विक्रेताहरूबाट दरभाउपत्र लिई खरीद गर्न सकिनेछ ः–
(क) स्थानीय निकायको प्रमुख – अध्यक्ष
(ख) प्रतिनिधि, अधिकृतस्तर, जिल्ला
प्रशासन कार्यालय – सदस्य
(ग) प्रतिनिधि, अधिकृतस्तर, जिल्ला
प्राविधिक कार्यालय – सदस्य
(घ) प्रतिनिधि, कोष तथा लेखा
नियन्त्रक कार्यालय – सदस्य
(ङ) प्रतिनिधि, जिल्ला उद्योग वाणिज्य
संघ – सदस्य
(च) योजना तथा प्रशासकीय अधिकृत वा स्थानीय विकास अधिकारीले तोकेको
अधिकृत – सदस्य–सचिव
(४) उपनियम (३) बमोजिम गठन भएको समितिको सचिवालयको कार्य जिल्ला विकास समितिको सचिवालयले गर्नेछ ।
(५) उपनियम (३) बमोजिम तयार भएको सूची जिल्ला विकास समितिको सचिवालयले सम्बन्धित कर कार्यालयमा पठाउनु पर्नेछ ।
(६) उपनियम (३) मा उल्लेख भएको अवस्थामा बाहेक मूल्य अभिबृद्धि कर र आयकर दर्ता प्रमाणपत्र नभएका विक्रेताको दरभाउपत्र स्वीकार गर्नु हु“दैन ।
(७) दरभाउपत्रबाट काम गराउ“दा वा मालसामान आपूर्ति गर्दा बोलपत्रबाट काम गराउ“दा जस्तै धरौटी लिई कबुलियत गराई गर्नु पर्नेछ ।
(८) दरभाउपत्र आह्वान गर्नु भन्दा अघि गर्नु पर्ने खरीद वा गराउनु पर्ने कामको स्पेसिफिकेशन सहितको दरभाउपत्रको फाराम तयार गर्नु पर्नेछ ।
(९) दरभाउपत्र दिने व्यक्ति फर्म, कम्पनी वा संस्थाले तीनसय रुपैया“ दस्तुर तिरी स्थानीय निकायबाट सचिव वा निजले तोकेको कर्मचारीको दस्तखत र कार्यालयको छाप लागेको स्पेसिफिकेशन सहितको दरभाउपत्रको फाराम खरीद गरी सोही फाराममा दरभाउपत्र पेश गर्नु पर्नेछ ।
(१०) दरभाउपत्र आह्वान गर्दा नियम ५९ को उपनियम (५) मा उल्लेख भएका मुख्य मुख्य कुराहरू समेत खुलाउनु पर्नेछ ।
(११) दरभाउपत्र पेश गर्ने अन्तिम समय सकिएको लगत्तै दरभाउपत्र आह्वानको सूचनामा तोकिएको स्थानमा सम्भव भएसम्म सम्बन्धित दरभाउपत्र पेश गर्ने व्यक्ति फर्म, कम्पनी वा संस्था वा निजको प्रतिनिधिको रोहवरमा दरभाउपत्र खोल्नुपर्नेछ । यसरी दरभाउपत्र खोलेको मितिले पन्ध्र दिनभित्र दरभाउपत्र स्वीकृत गरी सोको जानकारी सम्बन्धित सबैलाई दिनु पर्नेछ ।
(१२) एकपटक दाखिला भइसकेको दरभाउपत्र फिर्ता दिन हु“दैन ।
(१३) दरभाउपत्रको सम्बन्धमा नियम ५९ को उपनियम (३) र नियम ६३
र ६४ मा उल्लिखित व्यवस्था तथा कार्यविधिहरू लागू हुनेछ